एनपीएलका चर्चित राइभल जनकपुर र सुदूरपश्चिमको ‘स्को स्कोरिङ थ्रिलर’, मस्कटको देउसी भैलो   

बिजमाण्डू
२०८३ कात्तिक २४ गते २०:३८ | Nov 10, 2026
एनपीएलका चर्चित राइभल जनकपुर र सुदूरपश्चिमको ‘स्को स्कोरिङ थ्रिलर’, मस्कटको देउसी भैलो   
म्याकमुलनको उत्कृष्ट क्याचपछि सुदूरपश्चिमको सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा उपाधिका लागि फाइनलमा भिडेका यी टोली बीचको ‘लो स्कोरिङ थ्रिलर’ मा सुदूरपश्चिमले त्यसबेलाको च्याम्पियन जनकपुरलाई २७ रनले हराएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा यी दुई टोलीको ‘राइभलरी’ हेर्दा ठूलो संख्यामा दर्शक पुगे। यी दुई टोली एनपीएलकै सर्वाधिक ठूलो फ्यानबेस भएका टोलीमध्येमा पर्छन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९.५ ओभरमा ९३ रन बनाएर अलआउट भयो।

जनकपुरका लागि तृतराज दासले २१, जिम्मी निशमले २० तथा आदित्य महताले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन। घातक बलिङ गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा समेटिएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदुरपश्चिमका ओपनर द्वय विनोद भण्डारी र सैफ जैब समान १० रन बनाएर पभेलियन फर्किएका थिए।

तेस्रो नम्बरमा आएका ब्राण्डन म्याकमुलनले ३३ रन बनाए पनि इशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरी क्रमश ३ र १ रनमा आउट भए। यसबाहेक थारिन्दु रत्नायकेले अविजित २७ रन बनाउँदा आरिफ शेखले ११ रन बनाए। अन्य ब्याटर चल्न सकेनन्।

बलिङमा जनकपुरका हरमीत सिंहले ४ विकेट लिँदा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिए।

भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ। इनिङ्स ब्रेकमा आठैवटा टोलीका मस्कटहरु मैदानमा आएर देउसी खेलेका थिए। खेल हेर्न पुगेका समर्थकले पनि उनीहरुलाई साथ दिए।

भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ।

प्रतिस्पर्धामा जनकपुर र सुदूरपश्चिमका खेलाडी।

पहिलो संस्करणको फाइनलमा यी दुई टोली भिड्दा जस्तो समर्थकको उपस्थित थियो, त्यस्तै उपस्थिति आज पनि देखिन्छ। यी दुई टोली एनपीएलमा सबैभन्दा ठूलो फ्यानबेस भएका टोली मध्येमा पर्छन्।

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक

बुधबार एनपीएलमा कुनै खेल छैन।