पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १६:३७ | Nov 5, 2026
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास


काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो भिडियो सार्वजनिक गर्दै राष्ट्रिय टोलीको जर्सीलाई बिदाइ गर्ने निर्णय सुनाएका हुन्।

GBIME
Tata

रोनाल्डोले समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो चर्चित सात नम्बरको जर्सी राष्ट्रिय टोलीलाई फिर्ता गर्ने दिन आएको बताएका छन्।

‘राष्ट्रिय टोलीको सात नम्बर जर्सी फिर्ता गर्ने दिन आएको छ। यो जर्सी मेरो मात्र हो भन्ने मैले कहिल्यै सोचिनँ। तर २३ वर्षसम्म यसलाई लगाउने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,’ उनले भने।

रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक २३४ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले राष्ट्रिय टोलीबाट कीर्तिमानी १४६ गोल गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा उनको करिअर पोर्चुगलको सफलतासँग जोडिएको छ। रोनाल्डोले आफ्नो नेतृत्वमा पोर्चुगललाई सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए।

२३ वर्षसम्म पोर्चुगलको जर्सीमा मैदान उत्रिएका रोनाल्डोले अब राष्ट्रिय टोलीबाट खेल्ने छैनन्। उनको संन्याससँगै अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा सफल खेलाडीमध्ये एकको यात्रा समाप्त भएको छ।