सेयर बजार १२.९५ अंक घट्यो, सूचक २६५२ विन्दुमा आउँदा ४ अर्ब ७२ करोडको किनबेच

बिजमाण्डू
२०८३ कात्तिक १९ गते १५:२९ | Nov 5, 2026
सेयर बजार १२.९५ अंक घट्यो, सूचक २६५२ विन्दुमा आउँदा ४ अर्ब ७२ करोडको किनबेच


काठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक बिहीबार १२.९५ अंक ओरालो लागेर २६५२.५८ विन्दुमा झरेको छ। कारोबारमा आएका माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन।

GBIME
Tata

विकास बैंकको सूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले घटेको छ। बजारमा २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ।

बजारमा ५६ कम्पनीको सेयर भाउ बढेको छ। स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै २.८६ प्रतिशतले बढेको छ। बिहीबार सूचकसँगै कारोबार रकम घटेको छ।

बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १८ करोड १९ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, नेपाल रिइन्स्योरेन्सको १४ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।