नर्थ भ्याली अटो स्टेसन र कुङ्फु नुडल्स विभागको कारबाहीमा, तिरायो जरिवाना

बिजमाण्डू
२०८३ कात्तिक १६ गते १७:४७ | Nov 2, 2026
नर्थ भ्याली अटो स्टेसन र कुङ्फु नुडल्स विभागको कारबाहीमा, तिरायो जरिवाना


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई कारबाही गरेको छ।

GBIME
Tata

विभागले सोमबार बजार अनुमनका क्रममा बालाजुस्थित नर्थ भ्याली अटो स्टेसन र ठमेलस्थित कुङ्फु नुडल्सलाई जरिवाना गरेको छ। 

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार काम नगरेको भन्दै दुवै फर्मलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको हो।

ताहचलस्थित कान्हा इलेक्ट्रोनिक्स, कालिमाटीस्थित बी एण्ड एन फलफूल तथा तरकारी सप्लायर्स र ठमेलस्थित अर्थ एङगल ट्रेडिङलाई व्यवसायसँग सम्बन्धित कागजपत्र लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।