रोशी गाउँपालिकाको पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

बिजमाण्डू
२०८३ कात्तिक १४ गते ०९:२१ | Oct 31, 2026
रोशी गाउँपालिकाको पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
फाइल तस्बिर।


काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।

GBIME
Tata

जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका-८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको बताएको छ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए। राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन्। रासस