काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्माले शुक्रबार फूलकोर्ट (पूर्ण बैठक) बोलाएका छन्। शुक्रबार बिहान ९ बजे फूलकोर्ट बोलाइएको एक न्यायाधीशले बताए।
समसामयिक विषयमा छलफलका लागि शर्मा बैठक बोलाएका हुन्।
विचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र अर्का न्यायाधीश हरिप्रसाद फुयालको सम्पर्क रहेको विवरण बाहिरिएपछि शर्माले सवै न्यायाधीशलाई छलफलका लागि बोलाएका हुन्।
विचौलिया सापकोटासँगको भेट र चिनजानलाई अस्वीकार गर्दै शर्माले बिहीबार नै वक्तव्य निकालेका थिए।
यस्तै, ह्वाट्सएप सञ्चार बाहिरिएका अर्का न्यायाधीश हरिप्रसाद फुयालले भेट र चिनजान स्वीकार गरे पनि आफूले निष्ठामा रहेर काम गरेको दाबी गरेका छन्। फुयालले उक्त प्रकरणको निश्पक्ष छानबिनको माग पनि गरेका छन्।
फुयालसँगै इजलास सेयर गरेका अर्का न्यायाधीश श्रीकान्त पौडेलले पनि विज्ञप्ति जारी गर्दै प्राप्त तथ्य प्रमाणका आधारमा मुद्दामा आदेश गरेको भन्दै विवादित व्यक्तिसँग आफ्नो कुनै सरोकार नरहेको बताएका छन्।









