बलर हाबी खेलमा कर्णालीको सुखद् सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल

बिजमाण्डू
२०८३ कात्तिक १० गते २०:५२ | Oct 27, 2026
बलर हाबी खेलमा कर्णालीको सुखद् सुरुवात, सामान्य लक्ष्य पछ्याउन जनकपुर असफल
कर्णालीको विकेट सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो।

GBIME
Tata
कर्णालीको विकेट सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर  ब्याटिङमा उत्रिएको कर्णालीले अरिफुल इस्लामको ४३ रनको सहायतामा १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै बोर्डमा १३२ रन जोडेको थियो।

जनकपुर र कर्णालीको खेल चलिरहँदा सोएब अख्तर टीयू क्रिकेट मैदान पुगेका थिए। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले भने त्यही लक्ष्य पनि भेट्टाउन सकेन। उसका लागि अभिषेक तिवारीले सर्वाधिक २० तथा मोइन अली र हरमीत सिंहले समान १९ रन बनाए।

घातक बलिङ गर्ने क्रममा हुसैन तलत र युनिस विक्रम ठकुरीले समान ३ विकेट लिँदा नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीलाई सुरुबाटै जनकपुरका बलरले दबाबमा राखे। यसक्रममा अरिफुल इस्लामले सर्वाधिक ४३, पवन सर्राफले ३७ र दीपक डुम्रेले १३ रन बनाए।

तस्वीर : सुशील श्रेष्ठ

घातक बलिङ गर्ने क्रममा कप्तान हरमित सिंहले सर्वाधिक ३ विकेट लिए। अघिल्लो सिजन सुदूरपश्चिमबाट खेलेका सिंहले यसपालि जनकपुरको कप्तानी सम्हालिरहेका छन्।

जनकपुरको सरप्राइज खेलाडीका रुपमा १६ वर्षिय राहुल यादव रहे। उनले आफ्नो ४ ओभर बलिङ गर्दै मात्रै १५ रन दिएर २ विकेट लिए।

तस्वीर : सुशील श्रेष्ठ

त्यस्तै, विश्व क्रिकेटमा चर्चित अलराउण्डर मोइन अलीले पनि २ विकेट लिए। महँगो बनेका ललित राजवंशीको नाममा १ विकेट रह्यो।

बुधबार एनपीएलमा एउटैमात्र खेलछ। उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजय ब्यहोरेको सुदूरपश्चिम रोयल्सले भोलि पोखरा एभेन्जर्सलाई चुनौती दिनेछ।