एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै : यस्तो छ प्लेइङ ११

बिजमाण्डू
२०८३ कात्तिक १० गते १७:०१ | Oct 27, 2026
एनपीएल: जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै :  यस्तो छ प्लेइङ ११
टसका क्रममा जनकपुर र कर्णालीका कप्तान


काठमाडौं। जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर कर्णालीलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

जनकपुर पहिलो संस्करणको च्याम्पियन टोली हो। दोस्रो संस्करणमा भने उसको प्रदर्शन खराब थियो। कर्णाली भने औशत प्रदर्शन गरिरहेको टोली भएकाले अझै पहिलो उपाधिकै होडमा रहने छ।

जनकपुरसँग हरमीत सिंह, मोइनअली जस्ता विदेशी खेलाडी तथा ललित राजवंशी, अनिलकुमार साहजस्ता नेपाली खेलाडी छन्। यता, पाकिस्तानी खेलाडीको एनओसीमा पिसिएको कर्णालीसँग धुरन्धर नेपाली खेलाडी छन्। सोमपाल कामी, गुल्सन झाजस्ता अलराउण्डर छन्।

आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई हराएको थियो।  

जनकपुर बोल्ट्स प्लेइङ ११

हर्मित सिंह, जिमी निशम, मोइन अली, कुशल परेरा, ललित राजवंशी, अनिल साह, मयन यादव, आदित्य महता, अभिषेक तिवारी, तृतराज दास, राहुल यादव

कर्णाली प्लेइङ ११

सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, युनिसब्रिकस ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, अरिफुल इस्लाम, हुसेन तलात, अकबर अली