काठमाडौं। गोदावरी मेलाको १९औं संस्करण कात्तिक १२ गतेदेखि हुने भएको छ। नेपाल फ्लोरीकल्चर एसोसिएसनले तिहार र छठ पर्वलाई लक्षित गर्दै ५ दिनसम्म मेला गर्न लागेको हो।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासहित मेला जावलाखेल खेल मैदानमा कात्तिक १६ गतेसम्म हुनेछ।
मेलामा ७८ वटा व्यावसायिक स्टसहित ८६ वटा प्रदर्शनी कक्ष रहने एसोसिएसनले जनाएको छ। एसोसिएसनका अनुसार मेलामा व्यावसायिक रुपमा उत्पादन गरिंदै आएका विविध जातका गोदावरीसहित ४५० भन्दा बढी प्रकारका फूलका बिरुवा राखिनेछ।
मेलामा ३९ हजार बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने र करिब १ करोड ३० लाख रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ।









