ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको विषय उठाउने

बिजमाण्डू
२०८३ कात्तिक १० गते १४:१८ | Oct 27, 2026
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको विषय उठाउने


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।

GBIME
Tata

उनी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगले गरेको सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने तालिका छ।

श्रेष्ठले ‘सगरमाथादेखि सागरसम्म : एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई बिहीबार सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको नि:शुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने छन्।

मन्त्रीको टोलीमा नेपाल मौमस विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला र जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ अंकिता शाह सहभागी छन्।

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने तालिका छ।