काठमाडौं। सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँ घटेको छ।
सुनको मूल्य आइतबार प्रति तोला २ लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य यसअघि कात्तिक २ गते प्रति तोला २ लाख ९० हजार २०० निर्धारण गरिएकामा शनिबारसम्म त्यही दरमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि तोलामा २३० रुपैयाँ घटेर ३ हजार ९५५ रुपैयाँमा आइपुगेको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३९९५.८८ डलर र चाँदीको भाउ प्रति औंस ५३.९२ डलर छ।










