BIZMANDU
www.bizmandu.com

दसैं बिदापछि सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

२०८३ कात्तिक ८

दसैं बिदापछि सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
दसैं बिदापछि सुनको मूल्यमा भारी गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो


काठमाडौं। सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँ घटेको छ।

GBIME
Tata

सुनको मूल्य आइतबार प्रति तोला २ लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य यसअघि कात्तिक २ गते प्रति तोला २ लाख ९० हजार २०० निर्धारण गरिएकामा शनिबारसम्म त्यही दरमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २३० रुपैयाँ घटेर ३ हजार ९५५ रुपैयाँमा आइपुगेको छ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३९९५.८८ डलर र चाँदीको भाउ प्रति औंस ५३.९२ डलर छ।