सिरहाको मिर्चैयामा नवरात्रको उल्लास, झिझिया नाच मुख्य आकर्षण (तस्विरहरु)

सुशील श्रेष्ठ
२०८३ कात्तिक ४ गते ११:३२ | Oct 20, 2026
सिरहाको मिर्चैयामा नवरात्रको उल्लास, झिझिया नाच मुख्य आकर्षण (तस्विरहरु)


सिरहा । सिरहाको मिर्चैया बजारमा नवरात्रीको विशेष उल्लास छाएको छ। दसैं तथा नवरात्रको अवसरमा यहाँ विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूको आयोजना भइरहेको छ।

GBIME
Tata

आज महाअष्टमीका दिन बलि दिने र शक्तिपीठमा पूजा गर्न पुग्नेको घुइँचो छ। दुर्गाको प्रतिमा राखिएको पण्डाल र मन्दिरहरुमा मानिसहरु पुगिरहेका छन्।

यस वर्षको नवरात्र महोत्सवमा मैथिली समुदायको ऐतिहासिक तथा सांस्कृतिक झिझिया नाच मुख्य आकर्षणको केन्द्र बनेको छ।

झिझिया नाच मधेश प्रदेश र मैथिली संस्कृतिमा विशेष महत्त्व बोकेको एक परम्परागत लोकनृत्य हो। यो नाच खासगरी नवरात्रिका बेला देवी दुर्गाको उपासना गर्दै र कुदृष्टिबाट समाज तथा आफ्ना बालबच्चालाई जोगाउने जनविश्वासका साथ नाचिन्छ।

महिला वा युवतीहरुले टाउकोमा प्वालै प्वाल पारिएको र भित्र दियो बालिएको घैँटो राखेर समूहमा नृत्य गर्छन्। मिर्चैया बजारमा झिझिया नाच र नवरात्रको पूजाले गाउँगाउँबाट मानिसहरूको घुइँचो लागेको छ।