सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन ३ कम्पनीसँग गर्‍यो सम्झौता

बिजमाण्डू
२०८३ असोज २९ गते १७:३२ | Oct 15, 2026
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन ३ कम्पनीसँग गर्‍यो सम्झौता


काठमाडौं। सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न तीन कम्पनीसँग सम्झौता गरेको छ।

GBIME
Tata

बैंकले होटल हिमालयन होराइजन, रामाडा एन्कोर काठमाडौं र पान्क बाइक प्रालिसँग सम्झौता गरेको हो।

सम्झौता अनुसार आफ्ना कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले रामाडा एन्कोर काठमाडौं र होटल हिमालयन होराइजनमा १५/१५ प्रतिशत तथा पान्क बाइक प्रालिमा १० प्रतिशत छुट पाउने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

होटल हिमालयन होराइजनको खाना तथा पेय पदार्थमा बैंकका क्रेडिट कार्डबाहक ग्राहकले १५ र डेबिट कार्डबाहक ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।

यस्तै रामाडा एन्कोर काठमाडौंमा बैंकका ग्राहकले खाना, पेय पदार्थ र स्पा सुविधामा १५ प्रतिशत छुट पाउनेछन्। पान्क बाइक प्रालिमा विद्युतीय र सामान्य साइकलमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ।