अमेरिकी डलर ओरालो लाग्दा युरो र पाउण्ड उकालो, सुनचाँदीको मूल्य पनि बढ्यो

बिजमाण्डू
२०८३ असोज २४ गते ०७:१४ | Oct 10, 2026
अमेरिकी डलर ओरालो लाग्दा युरो र पाउण्ड उकालो, सुनचाँदीको मूल्य पनि बढ्यो


काठमाडौं। अमेरिकी डलर अघिल्लो दिनका तुलनामा सस्तिँदा युरो र पाउण्ड स्टर्लिङ बढेका छन्। सुनचाँदीको कारोबार मूल्य बलियो भएको छ।

GBIME
Tata

अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य ६२.८८ डलरले बढ्दै प्रति औंस ४१९४.४ डलर पुगेको छ। चाँदी पनि १.६६ डलरले बलियो हुँदै प्रति औंस ६०.८२ डलर भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारका तुलनामा अमेरिकी डलर ८ पैसाले घटेर शनिबारका लागि विनिमय दर कायम भएको छ। १ अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ८ पैसा भएको छ। शुक्रबार खरिद दर १५४ रुपैयाँ ५६ पैसा र बिक्री दर १५५ रुपैयाँ १६ पैसा भएको थियो।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक साताकै उच्च स्तरमा पुगेको थियो। अमेरिकी डलर कमजोर हुनु र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल घट्नुले सुनको मागलाई समर्थन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघि बलियो डलर र बढ्दो प्रतिफलका कारण सुनको मूल्य दुई महिनायताकै न्यून स्तरमा झरेको थियो। अमेरिकी मुद्रास्फीति तथ्यांक र फेडरल रिजर्भको ब्याजदरसम्बन्धी आगामी निर्णयले सुनको मूल्यको दिशा निर्धारण गर्न सक्ने विश्लेषण छ।

युरोपियन युरोको खरिद दर १७३ रुपैयाँ ३२ पैसा र बिक्री दर १७३ रुपैयाँ ९९ पैसा भएको छ। शुक्रबार खरिद दर १७२ रुपैयाँ ८३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५० पैसा थियो। यस्तै पाउण्ड स्टर्लिङ पनि बढेर खरिद दर २०४ रुपैयाँ ५५ पैसा र बिक्री दर २०५ रुपैयाँ ३५ पैसा भएको छ। शुक्रबार खरिद दर २०३ रुपैयाँ ८७ पैसा र बिक्री दर २०४ रुपैयाँ ६६ पैसा थियो।

स्वीस फ्रयांक बढेर खरिद दर १८५ रुपैयाँ ९२ पैसा र बिक्री दर १८६ रुपैयाँ ६४ पैसा भएको छ। शुक्रबार खरिद दर १८५ रुपैयाँ २८ पैसा र बिक्री दर १८६ रुपैयाँ थियो। अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ८३ पैसा र बिक्री दर १०८ रुपैयाँ २५ पैसा भएको छ। शुक्रबार खरिद दर १०७ रुपैयाँ ४४ पैसा र बिक्री दर १०७ रुपैयाँ ८६ पैसा थियो।

क्यानेडियन डलर, सिंगापुर डलर, थाइ भाट, कतारी रियाल, साउथ कोरियन वोन, मलेसियन रिंगिट, स्वीडिश क्रोनर, डेनिश क्रोनर, बढेका छन्। जापानी येन, चिनियाँ युआन, साउदी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियालको मूल्यमा शुक्रबारका तुलनामा गिरावट छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११५४.४८१५५.०८
युरोपियन युरो११७३.३२१७३.९९
पाउण्ड स्टर्लिङ१२०४.५५२०५.३५
स्वीस फ्रयांक११८५.९२१८६.६४
अष्ट्रेलियन डलर११०७.८३१०८.२५
क्यानेडियन डलर११०८.५७१०८.९९
सिंगापुर डलर११२०.६८१२१.१५
जापानी येन१०९.७६९.८०
चिनियाँ युआन१२३.०८२३.१७
साउदी रियाल१४१.१५४१.३१
कतारी रियाल१४२.४२४२.५८
थाइ भाट१४.६१४.६२
यूएई दिराम१४२.०६४२.२३
मलेसियन रिंगिट१३७.८२३७.९६
साउथ कोरियन वोन१००११.५२११.५६
स्वीडिश क्रोनर११५.५११५.५७
डेनिश क्रोनर१२३.१९२३.२८
हङकङ डलर११९.६९१९.७६
कुवेती दिनार१५०१.३१५०३.२६
बहरेन दिनार१४०९.११४१०.७०
ओमानी रियाल१४०१.२४४०२.८०
स्रोत : नेपाल राष्ट्र बैंक