उखु किसानलाई १.५० अर्ब रुपैयाँ अनुदान वितरण गरिने, कृषिमन्त्रीले गरिन् कार्यविधि स्वीकृत

बिजमाण्डू
२०८३ असोज २३ गते ११:५५ | Oct 9, 2026
उखु किसानलाई १.५० अर्ब रुपैयाँ अनुदान वितरण गरिने, कृषिमन्त्रीले गरिन् कार्यविधि स्वीकृत


काठमाडौं। सरकारले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ।

GBIME
Tata

कृषिमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७० रुपैयाँ दिंदै आएको छ ।