सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित, संवेदनशील सूचना चुहाएको आरोप

बिजमाण्डू
२०८३ असोज १९ गते २०:०८ | Oct 5, 2026
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित, संवेदनशील सूचना चुहाएको आरोप


काठमाडौं। शसस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनमा परेका छन्।

Vigo
GBIME
Tata

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको काम गरेको भन्दै गृह मन्त्रालयले दाहाललाई सोमबार निलम्बन गरेको हो। उनीमाथिको आरोपबारे जाँचबुझ प्रक्रिया अगाडि बढाइएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ३ दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको छ।

‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा अभियोग उपर जाँचबुझ गर्न मन्त्रालयको असोज १९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी ३ दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ, ‘विज्ञप्तिमा भनिएको छ।