संसद्‍मा क्यान्टिन चलाउन ७ कम्पनी इच्छुक, सोल्टी होटलदेखि ओरियन्ट क्याफेले बुझाए बोलपत्र

बिजमाण्डू
२०८३ असोज १४ गते १२:१७ | Sep 30, 2026
संसद्‍मा क्यान्टिन चलाउन ७ कम्पनी इच्छुक, सोल्टी होटलदेखि ओरियन्ट क्याफेले बुझाए बोलपत्र


काठमाडौं। संघीय संसद्‍ सचिवालयको क्यान्टिन चलाउनका लागि सातवटा कम्पनीले प्रस्ताव हालेका छन्।

Vigo
GBIME
Tata

सचिवालयले क्यान्टिन चलाउनका लागि गरेको टेण्डरमा बोलपत्र पेस गर्न मंगलबारसम्मको समय रहेकामा ७ वटा कम्पनीले बुझाएका हुन्।

संसद् सचिवालय स्रोतका अनुसार सोल्टी होटल, ओरियन्ट क्याफे, पातलेवन रिसोर्ट, कञ्चन उत्पला जेभी, सुपर गुडविल सर्भिस, सीएमएस हस्पिटालिटी र स्टिम पिक इन्टरनेसनलले बोलपत्र बुझाएका छन्। ओरियन्ट क्याफेले १२ गते बोलपत्र बुझाएकामा ६ कम्पनीले मंगलबार पेस गरेका हुन्।

संसद् सचिवालयले अब सबैभन्दा कम दररेट प्रस्ताव गर्ने कम्पनीलाई क्यान्टिन चलाउने जिम्मा दिनेछ।