काठमाडौं। संघीय संसद् सचिवालयको क्यान्टिन चलाउनका लागि सातवटा कम्पनीले प्रस्ताव हालेका छन्।
सचिवालयले क्यान्टिन चलाउनका लागि गरेको टेण्डरमा बोलपत्र पेस गर्न मंगलबारसम्मको समय रहेकामा ७ वटा कम्पनीले बुझाएका हुन्।
संसद् सचिवालय स्रोतका अनुसार सोल्टी होटल, ओरियन्ट क्याफे, पातलेवन रिसोर्ट, कञ्चन उत्पला जेभी, सुपर गुडविल सर्भिस, सीएमएस हस्पिटालिटी र स्टिम पिक इन्टरनेसनलले बोलपत्र बुझाएका छन्। ओरियन्ट क्याफेले १२ गते बोलपत्र बुझाएकामा ६ कम्पनीले मंगलबार पेस गरेका हुन्।
संसद् सचिवालयले अब सबैभन्दा कम दररेट प्रस्ताव गर्ने कम्पनीलाई क्यान्टिन चलाउने जिम्मा दिनेछ।