कृष्णभीरमा गयो पहिरो, पहाड कटिङ गर्दा कमजोर भागमा पहिलेनै देखिएको थियो जोखिम

बिजमाण्डू
२०८३ असोज ९ गते ०७:०० | Sep 25, 2026
कृष्णभीरमा गयो पहिरो, पहाड कटिङ गर्दा कमजोर भागमा पहिलेनै देखिएको थियो जोखिम
फाइल तस्बिर।


काठमाडौं। रातभर परेको वर्षाले कृष्णभीरमा पहिरो गएको छ। भोटेकोशी बाढीले सडक भत्काएपछि अस्थायी रुपमा बनाइएको ठाउँमा माथिबाट पहिरो गएको हो।

Vigo
GBIME
Tata

पहिरो गएपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

‘अस्थायी रुपमा बनाइएको सडकमा माथिबाट पहिरो गएको छ। कष्णभीरबाहेक अन्य स्थानमा पनि पहिरो गएको छ,’ एक प्रहरीले भने।

सडक भासिएको १८ दिनमा सडक विभागले कृष्णभीरमा कटिङ गरेर अस्थायी बाटो तयार पारेको थियो। तर, कटिङ भएको स्थानमा एकझर पानी पर्दा पनि पहिरो आउने जोखिम देखिएको थियो।

त्यही भएर अहिले पानी सुरु भएपछि प्लास्टिकले छोपेर केही जोगाउने प्रयास भएको थियो। तर, त्यसले काम गरेन। 

दुई दशक अगाडि पहिरोले देशकै समस्या बनेको कृष्णभीर भोटेकोशी बाढीपछि त्यही पीडा दोहोरिएको छ। यसले पहिलेको समस्या फेरि बल्झिएको छ। कटिङ गर्दा केही भागमा कडा चट्टानका कारण बलियो देखिए पनि केही भाग माटोको कारण कमजोर थियो।

त्यस्तै, कृष्णभीरको सडक खसेको तल्लो भागमा पनि पानीको बहाव नघटेकाले थप कटान हुन नदिन कुनै वैकल्पिक व्यवस्था गरिएको छैन। नदीमा पानी बढेको खण्डमा तलबाट नै सडकतर्फ कटान गर्ने जोखिम उतिकै छ।