काठमाडौं। गृह मन्त्रालयले ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बिहीबार मातहतका कार्यालयका ५५ जना शाखा अधिकृतको सरुवा गरेको हो।
कारागार प्रशासकदेखि प्रशासकीय अधिकृतहरु सरुवामा परेका छन्। प्रशासकीय अधिकृतहरुलाई कारागारमा पठाएर कारागार प्रशासकहरुलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रशासकीय अधिकृत सुजनकुमारी बर्देबालाई डिल्लीबजार कारागारमा पठाइएको छ।










