काठमाडौं । गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशभर भक्तजनको लाम लागेको छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो।
केहीले भने हिजो नै गणेश चतुर्थी मनाएका थिए।


















