भृकुटीमण्डपमा ‘ल्याण्ड एण्ड हाउसिंग एक्स्पो’ हुँदै,  ७७ लाख ५० हजारमा घर पाउने अवसर

बिजमाण्डू
२०८३ भदौ २७ गते २०:५८ | Sep 12, 2026
भृकुटीमण्डपमा ‘ल्याण्ड एण्ड हाउसिंग एक्स्पो’ हुँदै,  ७७ लाख ५० हजारमा घर पाउने अवसर


काठमाडौं। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पो हुने भएको छ। असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुनेछ।

Vigo
GBIME
Tata

सुरक्षित, व्यवस्थित र किफायती आवास निर्माणका नयाँ प्रविधि र अवसरहरूलाई एकै थलोबाट जानकारी गराउने उद्देश्यले एक्स्पो हुन लागेको हो। प्रतिष्ठित हाउजिङ कम्पनी, बैंक तथा वित्तीय संस्था, निर्माण सामग्री उत्पादक तथा इन्टेरियर डिजाइनरसहितका स्टल एक्स्पोमा रहनेछन्।

एक्स्पोमा उपभोक्तालाई लक्षित गरी विभिन्न विशेष प्याकेज तथा छुटको व्यवस्था गरिएको छ। मेला अवधिभर घर तथा जग्गा खरिद र बुकिङमा २५ प्रतिशतसम्मको छुट प्रदान गरिने छ।

मध्यमवर्गीय तथा किफायती घर खोजिरहेका ग्राहकका लागि एक्सपो आकर्षण बन्नेछ। एक्सपोमा ७७ लाख ५० हजार रुपैयाँमै घरको अफर गरिएको छ। काठमाडौँ उपत्यका नजिकै एक करोड ४० लाख रुपैयाँमा दुई तल्ले आधुनिक घर प्राप्त गर्न सकिने पनि आयोजकको दाबी छद्। ग्राहकहरूलाई पाँच हजार १ रुपैयाँ टोकन मनीमा बैना तथा बुकिङ अफर रहेको छ।

एक्स्पोमा मास हाउजिङ अवधारणलाई पनि जानकारी गराइने छ। ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत् यस्ता आवासीय घर एक्स्पोमा प्रस्तुत गरिने छ।

एक्सपोलाई डिजिटल तथा भर्चुअल प्रविधिमैत्री बनाइएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ। कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई पेपरलेस बनाउने लक्ष्य राखिएको छ।

निःशुल्क परामर्श र स्वास्थ्य शिविर

आवास खरिदकर्ताहरूलाई सहजीकरण गर्न एक्सपोमा अनुभवी आर्किटेक्ट, इन्जिनियर तथा वित्तीय विशेषज्ञहरूबाट निःशुल्क परामर्श सेवा उपलब्ध गराइने छ। ग्राहकहरूले डिजाइन, भूकम्पप्रतिरोधी संरचना, वास्तुशास्त्र र वित्तीय सुविधाका विषयमा एक्स्पोमा जानकारी पाउनेछन्।

व्यापारिक गतिविधिका साथै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै मेला परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ। अवलोकनकर्ताहरूले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्राप्त गर्न सक्ने आयोजकको भनाई छ।