कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने

बिजमाण्डू
२०८३ भदौ २६ गते २१:०८ | Sep 11, 2026
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा, उपाधिका लागि अन्नपूर्णसँग भिड्ने
प्रतिस्पर्धामा काठमाडौं र कर्णालीका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न प्लेअफको खेलमा काठमाडौं रेड्सलाई हराउँदै कर्णाली फाइनल पुगेको हो।

Vigo
GBIME
Tata
प्रतिस्पर्धामा काठमाडौं र कर्णालीका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

शनिबार हुने फाइनलमा कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससंग खेल्ने छ। अन्नपूर्ण शुक्रबारै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। ६ टिम सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान छ। त्यस्तै, लिगमा दोश्रो र तेश्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेफ खेल्नु पर्ने थियो।

प्रतिस्पर्धामा काठमाडौं र कर्णालीका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको त्यही प्लेअफमा कर्णालीले काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्यो। कर्णाली २५–२१, २०–२५, २५–२३ र २५–२२ ले विजयी भयो । कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए। लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा पुगेका थिए।

प्रतिस्पर्धामा काठमाडौं र कर्णालीका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।