काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।
टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सोमबार उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्।
नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्ने जनाएको छ।











