एनभीएल : अन्नपूर्णलाई तेस्रो खेलबाट दोश्रो सफलता, लगातारको हारले संकटमा मधेश

बिजमाण्डू
२०८३ भदौ २२ गते १९:१६ | Sep 7, 2026
एनभीएल : अन्नपूर्णलाई तेस्रो खेलबाट दोश्रो सफलता, लगातारको हारले संकटमा मधेश
प्रतिस्पर्धामा मधेश र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई हराएको छ। नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा अन्नपूर्णले मधेशलाई ३-१ को सेटमा हराएको हो।

Vigo
GBIME
Tata

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा हरायो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोश्रो पटक ‘म्यान अफ द म्याच’ बनेका हुन्।

प्रतिस्पर्धामा मधेश र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

लिग चरणमा तीन खेल खेलेको अन्नपूर्णको यो दोश्रो जित हो। यसअघि आइतबार सम्पन्न आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई सोझो सेटमा हराउँदै अन्नपूर्णले आफ्नो पहिलो जित सुनिश्चित गरेको थियो। आफ्नो पहिलो खेलमा भने अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ को सेटमा पराजित भएको थियो।

मधेश भने हालसम्म जितविहीन छ। उसले पनि ३ खेल खेलिसकेको छ। पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पछि परेको मधेश संकटमा पर्न थालेको छ।

प्रतिस्पर्धामा मधेश र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

आजको दोश्रो खेल अपराजित दुई टोली कर्णाली र सगरमाथा स्म्यासर्सबीच जारी छ।

केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ। शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

प्रतिस्पर्धामा मधेश र अन्नपूर्णका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/ बिजमाण्डू

नेपाल भलिबल लिगको कूल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। फाइनल भदौ २७ गते हुनेछ।