कपिलवस्तुमा जग्गा नापजाँच गरेको १३ वर्षपछि लालपुर्जा वितरण, बुद्धभूमिका ७३० परिवारले पाए



बिजमाण्डू
२०८३ भदौ २२ गते १७:०४ | Sep 7, 2026
कपिलवस्तुमा जग्गा नापजाँच गरेको १३ वर्षपछि लालपुर्जा वितरण, बुद्धभूमिका ७३० परिवारले पाए


काठमाडौं। कपिलवस्तुका ७३० परिवारले जग्गा नापजाँच गरेको करिब १३ वर्षपछि लालपुर्जा पाएका छन्।

Vigo
GBIME
Tata

कपिलवस्तुको बुद्बभूमि नगरपालिका-७ का ३३८ र ८ का ३९२ गरी ७३० स्ववासी परिवारले नापी कार्यालयले नापजाँच गरेको करिब १३ वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन्।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया रोकिएको थियो।

स्ववासी परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।

यसअघि सोही नगरपालिका-५,६ र १० का २ हजार ४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।