क्यानले एनपीएलको मिडिया अधिकार ३२.६८ करोडमा बेच्यो, टिकटबाट आम्दानी अलग्गै



बिजमाण्डू
२०८३ भदौ २२ गते १६:१५ | Sep 7, 2026
क्यानले एनपीएलको मिडिया अधिकार ३२.६८ करोडमा बेच्यो, टिकटबाट आम्दानी अलग्गै


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मिडिया तथा टिकेटिङ अधिकार बिक्रीबाट ३३ करोड ३३ लाख रुपैयाँ सुनिश्चित गरेको छ।

Vigo
GBIME
Tata

क्यानले ओटीटी अधिकार नेटटीभीलाई १८ करोड ४ लाख रुपैयाँ तथा नेपाल क्षेत्रको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजनलाई १४ करोड ६४ लाख रुपैयाँमा बिक्री गरेको हो। यी दुई अधिकार बिक्रीबाट मात्रै क्यानले ३२ करोड ६८ लाख रुपैयाँ प्राप्त गर्नेछ।

त्यस्तै, एनपीएलको टिकेटिङ अधिकार इसेवाले ६५ लाख रुपैयाँमा किनेको छ। टिकट बिक्रीबाट हुने आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले पाउनेछन्।