काठमाडौं। भोटेकोशी बाढीमा जलविद्युत आयोजनाहरुभित्र करिब १२१ जना फसेको अनुमान नेपाली सेनाको छ। उद्धारका लागि सेनाको टोली आयोजनाका सुरुङहरुमा खोजी गरिरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार ब्रिफिङका क्रममा रसुवामा रहेका हाइड्रोपावरहरुमा करिब १२१ जना फसेको अनुमान रहेको नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बताएका हुन्।
रसुवागढी ५, लाङटाङ ७, चिलिमे ७, त्रिशूली थ्री बी ४० भन्दाबढी, त्रिशूली थ्री ए ४० र बाहिर अरु केही गर्दा पनि १२१ जना भन्दा बढी हुन सक्ने सहायक रथी थापाले जानकारी दिएका थिए। त्रिशूली थ्री ‘ए’बाट भदौ १९ गते दुई जनाको जीवितै उद्धार गरिएको थियो।
सेनाले टनेलको खोजी कार्य भने जारी राख्ने भएको छ। ‘जबसम्म सबै टनेल ब्रेक थ्रु हुँदैन तबसम्म खोजी जारी राख्ने छौं,’ सहायकरथी थपाले भने।

त्यस्तै सरकारको निर्णय अनुसार पनि रोकिने बताए। अहिले नेपाली सेनाबाट ९ हजार २८७ जना परिचालन गरेको जानकारी दिएका थिए।











