बाढीग्रस्त क्षेत्र अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने



बिजमाण्डू
२०८३ भदौ २२ गते १४:४२ | Sep 7, 2026
बाढीग्रस्त क्षेत्र अवलोकन गरेर फर्किएपछि राष्ट्रपति पौडेलले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

Vigo
GBIME
Tata

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि नेपाल टेलिभिजनमार्फत संबोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। ‘सम्माननीय राष्ट्रपतिज्यूले अहिले केहीबेरमा राष्ट्रका नाममा संबोधन गर्दै हुनुहुन्छ.’ उनले बिजमाण्डूसँग भने।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज पौडेलले स्थलगत अवलोकन गरेका थिए।

बाढीले भएको क्षतिबारे राष्ट्रपतिले जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका थिए। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाढीले भएको धनजनको क्षति तथा खोज, उद्धार, राहत र तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे अवगत गराएका थिए।