माया राणाले रसुवा बाढी प्रभावितका लागि सरकारी कोषमा १ करोड दिइन्



बिजमाण्डू
२०८३ भदौ २२ गते ०९:५९ | Sep 7, 2026
माया राणाले रसुवा बाढी प्रभावितका लागि सरकारी कोषमा १ करोड दिइन्


काठमाडौं। समाजसेवी माया राणा टुफोले हालै रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ दिएकी छिन् ।

Vigo
GBIME
Tata

नेपालका अग्रणी तथा पर्यटन क्षेत्रका दूरदर्शी व्यवसायी स्वर्गीय प्रभाकर शम्शेरकी छोरी मायाले बुवाको विरासतलाई निरन्तरता दिँदै हालको विनाशकारी बाढीप्रभावितहरुका लागि एक करोड रुपैयाँ सहयोग गरेकी हुन्।

प्रभाकर शम्शेर जबराको स्मरणमा माया राणाले यो सहयोग प्रदान गरेको जोन्टा क्लब अफ काठमाडौंले जानकारी दिएको छ।

यसअघि माया राणाले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न पनि सहयोग गरेकी थिइन् ।

स्वर्गीय प्रभाकर शमशेर राणालाई सोल्टी होटल, सूर्य नेपाल, सिप्रदी ट्रेडिङ लगायतका ठूला र अग्रणी उद्यमको सुरुवात गर्ने उद्यमीका रुपमा सम्झना गरिन्छ।