काठमाडौं । बाढीले भासिएको कृष्णभीरको अवस्था थप नाजुक बन्दै गएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको यो सडकखण्ड बाढीका कारण भासिएको हो।
सरकारले छिट्टै यो सडक मर्मत गरेर संचालनमा ल्याउने भनेको छ। तर, त्यहाँको अवस्थाले त्यो अहिले नै सम्भव हुने देखिँदैन।

कृष्णभीर भसिँदा राजमार्ग नै ठप्प बनेको छ। वैकल्पिक बाटो हुँदै सवारीसाधन र यात्रुहरुले यात्रा गरिरहेका छन्।
बाटोको अवस्था बुझ्न चितवनका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायका व्यक्तिहरु पनि सो स्थान पुगिरहेका छन्।

स्थानीय भने वारपार गर्न जोखिम मोलेर गोरेटो बाटोको प्रयोग गरिरहेका छन्।
























