कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोड बराबरको सुन प्रहरीले सुरक्षित राख्यो



बिजमाण्डू
२०८३ भदौ १५ गते १०:०८ | Aug 31, 2026
कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोड बराबरको सुन प्रहरीले सुरक्षित राख्यो


काठमाडौं। रसुवामा गएको बाढीबाट पुरिएको कृषि विकास बैंकको लकर प्रहरीले सुरक्षित स्थानमा सार्न सफल भएको छ।

Vigo
GBIME
Tata

त्रिशूलीको ढुंगे शाखामा रहेको नगद र गहना राख्ने लकर करिब ८ घण्टाको प्रयासपछि सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डेढ करोड नगद र अनुमानित करिब ५० करोडको सुन तथा कागजपत्र सुरक्षित स्थानमा सारिएको छ। बाढीले क्षतविक्षत बनाएको भवनको भग्नावशेषबाट बैंकका पैसा र सुन सुरक्षित गर्न प्रहरीले निकै मिहिनेत गरेको छ।

बाढी प्रभावित क्षेत्रमा ११ वटा बैंकका शाखा र एक्सटेन्सन काउन्टर थिए। बैंकहरुले त्रिशूली, देवीघाट, बेत्रावती, टिमुरे, स्याफ्रुबेंसी र मैलुङमा शाखा तथा एक्सटेन्सन काउन्टर खोलेका थिए। एनआइसी एसियाको त्रिशूलीको एउटा शाखामा आंशिक क्षति पुगेकामा बाँकी बैंकका सबै शाखा तथा एक्सटेन्सन काउन्टर बाढीले बगाएको छ।

बैंकका २७ कर्मचारी अझैसम्म सम्पर्कविहीन छन् भने प्रारम्भिक विवरण अनुसार, बैंकका शाखाको भल्टमा १५ करोड २ लाख रुपैयाँ थियो, जुन बाढीले बगाएको छ। काउन्टरमा कति पैसा थियो भन्ने अझै खुल्न सकेको छैन। विभिन्न एटीएममा एक करोड ७ लाख रुपैयाँ रहेको खुलेको छ।