काठमाडौं। लोमस फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितलाई औषधि र शव व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरू सहयोग गरेको छ।
कम्पनीले औषधि, सर्जिकल किट र शव व्यवस्थापनका लागि आवश्यक ब्याग सहयोग गरेको हो। कम्पनीका निर्देशक प्रणवजंग पाण्डेले तेस्रो खेप आइतबार सर्जिकल किट र शव व्यवस्थापनका लागि आवश्यक ब्याग सहयोग गरेको जानकारी दिए।
उनका अनुसार अहिलेसम्म ५० लाख रुपैयाँ बराबरको औषधि, २५ लाख रुपैयाँ बराबरको सर्जिकल किट र १० लाख मूल्य बराबरको शव व्यवस्थापनका लागि आवश्यक ब्याग र ३ लाख रुपैयाँ मूल्य बराबरको पीपीई किट सहयोग गरिएको छ।
पाण्डेले ३ खेपमा सशस्त्र प्रहरीलाई ५० लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिसकेको बताए।
‘हाम्रो समूहले खाद्यान्न लगायतका राहत सामाग्री, औषधि र आज हामीले शव व्यवस्थापनका लागि अत्यावश्यक देखेर ब्याग हस्तान्तरण गरेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘देशमा परेको विपद्का बेलामा हाम्रो तहबाट सकिने सहयोग गर्न तयार छौं। त्यही अनुसार हामीले सहयोग गरिरहेका हौं।’











