प्रधानमन्त्री दैवी प्रकोप कोषमा साढे पाँच अर्ब संकलन, शाहले सार्वजनिक गरे सरकारका कामको विवरण



बिजमाण्डू
२०८३ भदौ १३ गते २१:१५ | Aug 29, 2026
प्रधानमन्त्री दैवी प्रकोप कोषमा साढे पाँच अर्ब संकलन, शाहले सार्वजनिक गरे सरकारका कामको विवरण


काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा शनिबार मध्यान्हसम्म पाँच अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा विवरणबारे जानकारी गराएका हुन्।

Vigo
GBIME
Tata

प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा पाँच अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहले जनाएका छन्।

विपद्को समयमा हुनसक्ने वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाता परीक्षण गरेर मात्र आर्थिक सहयोग गर्न पनि शाहले आग्रह गरेका छन्।

रसुवा बाढीबाट प्रभावित सात हजार  ५१४ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको शाहले जनाएका छन्। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना मानिसको उद्धार भइसकेको शाहले फेसबुकमा जनाएका छन्।

प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरिएको र २३६ उडान भरिसकेको उनले जनाएका छन्।

रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेको र शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको उनले जनाएका छन्। शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम व्यवस्थापन गरिने उनले जनाएका छन्।