विदेशमा रहेकाले सिधै सरकारको खातामा सहयोग गर्न सक्ने, नयाँ पोर्टल सञ्चालन



बिजमाण्डू
२०८३ भदौ ११ गते १६:०५ | Aug 27, 2026
विदेशमा रहेकाले सिधै सरकारको खातामा सहयोग गर्न सक्ने, नयाँ पोर्टल सञ्चालन


काठमाडौं। विदेशमा रहेका नेपाली नागरिक र अन्य दाताहरूले सिधै सरकारको राहत कोषमा आर्थिक सहयोग गर्न सक्ने भएका छन्। यसका लागि सरकारले नयाँ पोर्टल सञ्चालन गरेको छ।

Vigo
GBIME
Tata

विदेशमा रहेकाहरूले कार्ड, बैंकिङ एप, वालेटलगायतबाट सिधै सहयोग गर्न सक्नेछन्। यसका लागि राहत कोषको पीएमडीआरएफ.एनसीएचएल.कम.एनपी लगइन गर्नुपर्नेछ।

सरकारले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत कोषमा आर्थिक सहयोग गर्न आह्वान गरेको छ। सरकारको आह्वानसँगै विभिन्न व्यवसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, आमनागरिक लगायतले सहयोग गरिरहेका छन्।