रसुवा बाढी : अमेरिकाद्वारा राहत र उद्धारका लागि तत्काल ५ लाख डलर सहयोगको घोषणा



बिजमाण्डू
२०८३ भदौ ११ गते ११:०४ | Aug 27, 2026
रसुवा बाढी : अमेरिकाद्वारा राहत र उद्धारका लागि तत्काल ५ लाख डलर सहयोगको घोषणा


काठमाडौं । अमेरिकाले नेपालमा बुधबार गएको भीषण बाढीबाट भएको धनजनको क्षति प्रति दुःख व्यक्त गरेको छ। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालमा उपत्पन्न अवस्थाको सूक्ष्म अनुगमन भइरहेको पनि उल्लेख छ।

Vigo
GBIME
Tata

अमेरिकाले नेपालमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन ‘डिजास्टार रेस्पोन्स एड्भाइजर’ लाई प्रभावित क्षेत्रमा खटाएको पनि जनाएको छ।

त्यस्तै, अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसमार्फत प्रभावित क्षेत्रमा आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सहयोग उपलब्ध गराउन ५ लाख अमेरिकी डलर (साढे ७ करोड रुपैयाँ) रकम विनियोजन गरेको पनि जनाएको छ।

त्यस्तै, बाढी पहिरोमा हराइरहेका अमेरिकी नागरिकहरुको खोजी गर्न स्थानीय अधिकारीहरुसँग  मिलेर काम गरिरहेको समेत जनाइएको छ।