धादिङमा फुर्के खोलासहित तीनवटा पुल बाढीमा बगे, अर्को सूचना नआएसम्म यात्रा नगर्न अनुरोध



बिजमाण्डू
२०८३ भदौ १० गते १४:०५ | Aug 26, 2026
धादिङमा फुर्के खोलासहित तीनवटा पुल बाढीमा बगे, अर्को सूचना नआएसम्म यात्रा नगर्न अनुरोध


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले धादिङका विभिन्न संरचनामा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अहिलेसम्म कुनै पनि मानविय क्षतिबारे भने रिपोर्ट गरिएको छैन।

Vigo
GBIME
Tata

बाढीले जिल्ला सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएको छ। त्योसँगै अन्य दुईवटा मोटरेबल पुल पनि बगाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले अहिले आफू फिल्डमा नै पुगेर जानकारी लिइरहेको बताइन्।

‘मानवीय क्षतिबारे अहिलेसम्म कुनै जानकारी छैन। पुल बगाएको र सडकमा लेदो पसेको भन्ने जानकारी आएको छ,’ सीडीओ पाण्डेयले भनिन्।

बरैनी नजिकै सडकमा लेदोको कारण सवारी साधान रोकिएको छ। त्यस्तै, अहिले नाराणगढ-मुग्लिङ सडकमा यात्रा नगर्न भनिएको छ। काठमाडौंको चेकपोष्टबाट नै यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।