काठमाडौं। नेपाल टेलिकमले ल्हेन्दे खोलाको बाढीले प्रभावित भएका चार जिल्लामा नि:शुल्क सेवा सुरु गरेको छ।
उद्धार तथा समन्वयका लागि टेलिकमले धादिङ, नुवाकोट, रसुवा र चितवनमा फोन र डाटा नि:शुल्क उपलब्ध गराएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको हो।
बुधबार बिहान चीनतर्फबाट आएको बाढीले टिमुरे बजारदेखि तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। टिमुरे बजारको अधिकांश भाग बगाएको छ भने बेत्रावती, त्रिशूली बजार हुँदै मलेखुसम्मका तटीय क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी उद्धारमा जुटेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ।











