काठमाडौं। पोल्ट्री किसानहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। माइतीघरमा किसानहरूले विभिन्न माग राख्दै सोमबार प्रदर्शन गरेका हुन्।
श्रमको सम्मान र लगानीको ग्यारेन्टी लगायतका पोल्ट्री किसानका माग पूरा गर्न उनीहरूले उनीहरूले आवाज उठाएका छन्।


दाना र चल्लाको गुणस्तर सुनिश्चित गर्न पनि किसानहरूको माग छ। पोल्ट्री क्षेत्रमा बिचौलियाको एकाधिकार र ठगी बन्द गर्न उनीहरूले सरकारसँग माग राखेका छन्।
किसानहरूले माइतीघरमा प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए।


प्लेकार्डमा ‘देशभर पारदर्शी मूल्य निर्धारण गर।’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर।’, ‘किसानको पसिनाको सम्मान गर।’, ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘पोल्ट्रीमा बीमा प्रणाली लागू गर’लगायतका नारा लेखिएका थिए।














