अमेरिकी डलर र युरो घट्दा पाउण्ड बलियो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



बिजमाण्डू
२०८३ भदौ ६ गते ०७:०८ | Aug 22, 2026
अमेरिकी डलर र युरो घट्दा पाउण्ड बलियो, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं। अमेरिकी डलरसँगै युरोपियन युरोको मूल्य घटेको छ। पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलर बढेका छन्।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा भएको छ। शुक्रबारका तुलनामा २ पैसा घटेर खरिदबिक्री दर कायम भएको हो।

युरोपियन युरोको खरिद दर १७८ रुपैयाँ ८३ पैसा र बिक्री दर १७९ रुपैयाँ ५३ पैसा भएको छ। शुक्रबार खरिद दर १७८ रुपैयाँ ९१ पैसा र बिक्री दर १७९ रुपैयाँ ६१ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०८ रुपैयाँ ७३ पैसा र बिक्री दर २०९ रुपैयाँ ५५ पैसा भएको छ। शुक्रबार खरिद दर २०८ रुपैयाँ ५५ पैसा र बिक्री दर २०९ रुपैयाँ ३७ पैसा थियो।

विश्व बजारमा सुनचाँदीको भाउ पुनः उच्च भएको छ। एकैदिन ८९.८७ डलरको बढोत्तरीसँगै सुनको मूल्य प्रति औंस ४६०३.३ डलर पुगेको छ। चाँदी प्रति औंस ६८.९८ डलर भएको छ।

स्वीस फ्रयांकको खरिद दर १९१ रुपैयाँ २३ पैसा र बिक्री दर १९१ रुपैयाँ ९८ पैसा भएको छ। शुक्रबार खरिद दर १९२ रुपैयाँ ६ पैसा र बिक्री दर १९२ रुपैयाँ ८१ पैसा थियो।

अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ४६ पैसा र बिक्री दर १०९ रुपैयाँ ८९ पैसा भएको छ। शुक्रबार खरिद दर १०८ रुपैयाँ ९३ पैसा र बिक्री दर १०९ रुपैयाँ ३६ पैसा थियो। क्यानेडियन डलरको खरिद दर १११ रुपैयाँ १७ पैसा र बिक्री दर १११ रुपैयाँ ६१ पैसा भएको छ। शुक्रबार खरिद दर १११ रुपैयाँ २ पैसा र बिक्री दर १११ रुपैयाँ ४६ पैसा थियो।

जापानी येन, साउदी रियाल, ओमानी रियाल १ पैसा सस्तिएका छन्। चिनियाँ युआन स्थिर छ। थाइ भाट, मलेसियन रिंगिट बढेका छन्।

आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.८२१५३.४२
युरोपियन युरो१७८.८३१७९.५३
पाउण्ड स्टर्लिङ२०८.७३२०९.५५
स्वीस फ्रयांक१९१.२३१९१.९८
अष्ट्रेलियन डलर१०९.४६१०९.८९
क्यानेडियन डलर१११.१७१११.६१
सिंगापुर डलर१२०.४५१२०.९२
जापानी येन१०९.६४९.६७
चिनियाँ युआन२२.७४२२.८३
साउदी रियाल४०.७०४०.८६
कतारी रियाल४१.९३४२.०९
थाइ भाट४.६८४.६९
यूएई दिराम४१.६१४१.७७
मलेसियन रिंगिट३७.८४३७.९९
साउथ कोरियन वोन१००११.०४११.०८
स्वीडिश क्रोनर१६.१५१६.२१
डेनिश क्रोनर२३.९२२४.०१
हङकङ डलर१९.४९१९.५७
कुवेती दिनार४९८.१९५००.१५
बहरेन दिनार४०५.३४४०६.९३
ओमानी रियाल३९६.९५३९८.५१
स्रोत : नेपाल राष्ट्र बैंक