काठमाडौं। नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले असोजका लागि तय भएको पार्टी महाधिवेशनमा सहभागी नहुन सबै तहका समिति, पदाधिकारी र सदस्यहरु तथा क्रियाशील सदस्यहरुलाई आग्रह गरेको छ।
समितिका संयोजक डा. शशांक कोइरालाले वक्तव्य जारी गर्दै विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन सहभागी नहुन आग्रह गरेका हुन्।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन तय गरेको छ।
विज्ञप्तिमा पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकन निस्सा पाएको र मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको तालिका आएकोमा ध्यानाकर्षण भएको जनाइएको छ।












