BIZMANDU
www.bizmandu.com

विभाजनकारी र अवैधानिक भन्दै महाधिवेशनमा सहभागी नहुन देउवा पक्षले कार्यकर्तालाई गर्‍यो अपिल

२०८३ भदौ ५

विभाजनकारी र अवैधानिक भन्दै महाधिवेशनमा सहभागी नहुन देउवा पक्षले कार्यकर्तालाई गर्‍यो अपिल
विभाजनकारी र अवैधानिक भन्दै महाधिवेशनमा सहभागी नहुन देउवा पक्षले कार्यकर्तालाई गर्‍यो अपिल

काठमाडौं। नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले असोजका लागि तय भएको पार्टी महाधिवेशनमा सहभागी नहुन सबै तहका समिति, पदाधिकारी र सदस्यहरु तथा क्रियाशील सदस्यहरुलाई आग्रह गरेको छ।

Vigo
GBIME
Tata

समितिका संयोजक डा. शशांक कोइरालाले वक्तव्य जारी गर्दै विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन सहभागी नहुन आग्रह गरेका हुन्।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन तय गरेको छ।   

विज्ञप्तिमा पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकन निस्सा पाएको र मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको तालिका आएकोमा ध्यानाकर्षण भएको जनाइएको छ।