संसद्‍मा पार्टीको चुनावी गतिविधि चर्चा गर्न खोजेपछि डीपी आक्रोशित, बीचमै रोके रास्वपाका सुलभलाई



बिजमाण्डू
२०८३ भदौ १ गते १६:०५ | Aug 17, 2026
संसद्‍मा पार्टीको चुनावी गतिविधि चर्चा गर्न खोजेपछि डीपी आक्रोशित, बीचमै रोके रास्वपाका सुलभलाई


काठमाडौं। प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले पार्टीका चुनावी गतिविधिबारे चर्चा गर्न खोजेपछि सभामुख डोलप्रसाद अर्यालले बीचमै रोकेका छन्।

Tata
GBIME

आकस्मिक समयमा खरेलले रास्वपाले अबको स्थानीय तहको निर्वाचनका लागि योग्य उम्मेदवार चयन गर्न क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको भन्दै चर्चा गर्न खोजेका थिए। अर्यालले उक्त विषय आकस्मिक नभएको भन्दै खरेललाई बस्न भने।

‘माननीय सदस्यले आकस्मिक समय माग्नु भएको थियो। तर, यो आकस्मिक देखिदैंन त्यसकारण बसौं माननीय सदस्य,’ अर्यालले भने।

खरेलले पार्टीको गतिविधिको चर्चा गर्नका लागि संसद्‍को समय प्रयोग गर्न खोजेपछि सभामुख आक्रोशित देखिएका थिए। त्यसपछि खरेल बसेका थिए।

संसद्को अघिल्लो बैठक र सुरु हुन लागेको नयाँ बैठक बीचको अवधिमा घटेका कुनै गम्भीर प्रकृतिका घटना वा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदले समय मागेमा सभामुखले प्रतिनिधि सभा नियमावली २०८३ को नियम १५ मा अनुसार समय दिन सक्ने व्यवस्था छ।