काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतका प्रधानसेनापति धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा विशेष समारोहबीच भारतमा प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतको उपस्थिति थियो।
नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ। सेठ तीन दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका थिए।










