‘जनताले सिकिस्त हुँदा अस्पताल जान सवारीसाधन नपाउने मन्त्रीलाई चाहिं रुघा लाग्दा हेलिकोप्टर?’



बिजमाण्डू
२०८३ भदौ १ गते १५:२९ | Aug 17, 2026
‘जनताले सिकिस्त हुँदा अस्पताल जान सवारीसाधन नपाउने मन्त्रीलाई चाहिं रुघा लाग्दा हेलिकोप्टर?’
पारसमणि गेलाल


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ज्वरो आएका बेला हेलिकोप्टर प्रयोग गरेकामा विरोध गरेका छन्।

Tata
GBIME

गेलालले सोमबार प्रतिनिधि सभाको बैठकमा जनताले मर्ने अवस्थामा पनि एम्बुलेन्स नपाउने तर मन्त्रीले रुघा लाग्दा पनि हेलिकोप्टर चढ्ने? भन्दै प्रश्न गरे। ‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ। तर जनतालाई मर्न लाग्दा पनि अस्पताल पुग्ने साधन हुँदैन,’ उनले भने।

सुदूरपश्चिमका पहाडी जिल्लाको अनुगमनका क्रममा बैतडीमा अस्वस्थ भएपछि मन्त्री लम्साललाई आइतबार धनगढीसम्म सेनाको हेलिकोप्टर र त्यहाँबाट विमानमार्फत काठमाडौं ल्याइएको थियो।

सांसद गेलालले मन्त्री र प्रधानमन्त्रीको सचिवालयमा जम्बो सल्लाहकार समूह राखिएकामा पनि विरोध गरे। उनले ढुकुटी रित्याउने गरी सल्लाहकार नराख्न आग्रह गरे।

उनले मन्त्रीहरुलाई मन्त्रालयमै बस्न र नीतिगत काम गर्न सुझाव दिए।