बहुमत जुटाउन नसक्ने देखेपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा



बिजमाण्डू
२०८३ भदौ १ गते १५:०५ | Aug 17, 2026
बहुमत जुटाउन नसक्ने देखेपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा


काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएका छन्।

Tata
GBIME

उनले सोमबार बागमती प्रदेश सभामा विश्वासको मत लिने प्रायोजनका लागि सम्बोधनका क्रममा राजीनामाको घोषणा गरेका हुन्। एमालेले गत साउन ६ गते समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए।

समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ। बानियाँले आफूलाई समर्थन गरेका सदस्यहरुले छोडेर गएपछि विश्वासको मत माग्नुको अर्थ नरहेको बताए।

उनी २०८२ साउन २० गते मुख्यमन्त्री बनेका थिए। एक महिनाअघि एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा भागबणडा गर्ने सहमति गरेका थिए। एमालेले किरण थापामगरलाई मुख्यमन्त्री बनाउन चाहेको छ।

तर, बागमतीमा एमाले र नेकपा दुवै मिल्दा पनि बहुमत पुग्दैन। नेकपासँग २६ र एमालेसँग २५ सदस्य छन्। बहुमतका लागि ५३ सिट चाहिन्छ। १०४ सदस्यीय बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल हो। राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन्।