काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ।
जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न सोमबार अनुमति दिएको हो। अदालतले पहिलो पटक दिएको ३ दिनको म्याद सकिपछि श्रेष्ठलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
वैयक्तिक गोपनीयता हनन् गरेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई गत बुधबार राति ललितपुरबाट पक्राउ गरेको थियो।
श्रेष्ठलाई रिहाको माग गर्दै सर्वोच्च अदालतमा उनकी पत्नीले दायर गरेको रिटमा अहिले सुनुवाइ भइरहेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।










