नाइमा मोबिलिटी एक्स्पोको तयारी र अनुगमनमा व्यवसायी आफैं मैदानमा



बिजमाण्डू
२०८३ साउन २५ गते २३:४६ | Aug 10, 2026
नाइमा मोबिलिटी एक्स्पोको तयारी र अनुगमनमा व्यवसायी आफैं मैदानमा


काठमाडौं। भृकुटीमण्डपमा मंगलबारदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तयारीका लागि व्यवसायी स्वयम स्टलको तयारी र अनुगमनमा जुटेका छन्।

Tata
GBIME

मंगलबार ९ बजेदेखि सुरु हुने एक्स्पोका लागि सवारीसाधन राख्न स्टल तयारीको काम धमाधम भइरहेको छ। स्टल निर्माण अनुगमनका लागि व्यवसायीहरु गौरव शारडा, आकाश गोल्छा, निराकार श्रेष्ठ, हेमन्त गोल्छा र सुरज वैद्य आफैं एक्स्पो स्थलमा पुगेका छन्।

एक्स्पोमा योपटक ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने तयारी छ।