टोयोटाका गाडी बुकिङमा नाइमा अटो शोमा विशेष अफर, तीनदेखि २१ लाख रुपैयाँसम्म छुट पाउने



बिजमाण्डू
२०८३ साउन २४ गते २२:३३ | Aug 9, 2026
टोयोटाका गाडी बुकिङमा नाइमा अटो शोमा विशेष अफर, तीनदेखि २१ लाख रुपैयाँसम्म छुट पाउने


काठमाडौं। टोयोटा नेपालले नाइमा अटो शोको अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।

Tata
GBIME

अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लाख  रुपैयाँको छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी समेत गरेको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपालको अटोमोबाइल बजारमा टोयोटाको उपस्थिति थप विस्तार हुने कम्पनीले जनाएको छ।

नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट सो अवधिको बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ।

अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एलिट एक्सप्लोर्स कन्याकुमारी ड्राइभमा सहभागी हुने अवसर प्राप्त गर्नेछ। अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।